असार २५, २०८२ बुधबार July 9, 2025

कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि पत्तालाग्यो !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्नका लागि सो औषधिले सहयोग गरेको स्पष्ट रुपमा देखिएको विज्ञले बताएका छन् ।

गिलियाडले उत्पादन गरेको औषधिको प्रयोग गर्दा संक्रमित चाँडो निको हुने गरेको देखिएको हो । सो औषधिको मानवीय परीक्षणमा अति सकारात्मक प्रभाव देखिएको बताए पनि त्यसको विस्तृत तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

विज्ञले गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने स्पष्ट पारेका छन् ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।

यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो । सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो (कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि) गरिएको थियो ।

एनआइएआइडीका प्रमुख डा. एन्थोनी फाउचीले भनेका छन्, ‘तथ्यांक हेर्दा गिलियाडले उत्पादन गरेको औषधिको प्रभाव स्पष्ट र महत्वपूर्ण छ, जसबाट संक्रमितलाई निको हुन लाग्ने समय छोटिएको छ ।’

उनले अघि भने, ‘परीक्षणको नतिजाबाट यो स्पष्ट भएको छ कि औषधिले कोरोना भाइरसलाई फैलिनबाट रोक्छ । यसबाट बिरामीलाई उपचार गर्न सकिने क्षमता तर्फ हामी अघि बढ्न सक्ने मार्ग खुला भएको छ ।’

तर गिलियाडको औषधिको प्रयोगबाट संक्रमितको मृत्युदर कम हुने वा नहुने भन्नेमा स्पष्ट जानकारी आएको छैन । परीक्षणमा सहभागी भएका मध्ये गिलियाडको औषधि दिएका मध्येमा मृत्युदर ८ प्रतिशत तथा अरुमा ११.६ प्रतिशत देखिएको छ । तर यसबारे थप अनुसन्धानको खाँचो रहेको विज्ञले बताएका छन ।

डा. फाउचीका अनुसार गिलियाडले उत्पादन गरेको औषधि दिइएका कोरोना भाइरस संक्रमित अरु भन्दा ३१ प्रतिशत चाँडो निको हुने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार