भाद्र ४, २०८३ बिहिबार August 20, 2026

जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु : उपाध्यक्ष अर्याल

पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताउनुभएको छ ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिनुभयो ।

उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ भन्नुभयो ।

उपाध्यक्ष अर्यालले पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नु छु, उपाध्यक्षको जिम्मेवारीभन्दा माथि जाने कुरा हुँदैँन ।

पदीय मर्यादामा बसेर आफ्नो भूमिकाको गरिमा बढाउने अवस्था छ, महिला सांसदको क्षमता अभिवृद्धि तथा सदनमा प्रस्तुत भएका विधेयकबारे छलफल र सुझाव लिएर सहज वातावरण बनाउन सकिन्छ ।”

उहाँले उपाध्यक्ष पद उपेक्षित पद नरहेको जनाउँदै यही जिम्मेवारी र भूमिकालाई नेतृत्व विकास र निर्णायक क्षमता अभिवृद्धि गर्न समन्वय र सहकार्यका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार