बैसाख २०, २०८३ आइतबार May 3, 2026

४१ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ६ सय ८२ पुगेको जानकारी दिएको छ।

पिसिआरबाट १२ हजार ११ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ४६ हजार ८ सय ६० जनाको परीक्षण भएको हो।

योसँगै कोरोना भाइरसको कुल परीक्षण ५८ हजार ८ सय ७१ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै हाल देशभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल ८० जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर ७७ जना रहेको उनले जानकारी दिएका छन।

यस्तै रेडजोनमा देशभर ३ सय १२ जना रहेका छन जसमा गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन्।

डा. देवकोटाका अनुसार हाल कोरोना भाइरस संक्रमितको संख्या भने ५७ नै छ, जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। त्यस्तै धनगढीमा १ जना,भरतपुरमा १ जना, वीरगञ्जमा ८ जना र विराटनगरमा ३१ जना गरी कुल ४१ जनाको उपचार भइरहेको छ। डा. देवकोटाका अनुसार उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार