भाद्र ४, २०८३ बिहिबार August 20, 2026

संसदमा महिला सांसद्हरुको सहभागिता र सक्रियता बढेको छ : सभामुख घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले संसदमा महिला सांसद्हरुको सहभागिता र सक्रियता बढेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा प्रेस काउन्सिल नेपालद्वारा आज काठमाडौँमा आयोजित मिडियामा महिलाका सवाल विषयक अन्तरक्रियामा सभामुख घिमिरेले महिलाका सवालमा सांसद्हरुको सहभागिता र सक्रियता बढेको भन्नुहुँदै मिडियाले पनि उचित स्थान दिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले महिला सांसदहरूलाई मिडियामैत्री बनाउन विभिन्न योजना तथा कार्यक्रम अघि सारेको पनि बताउनुभयो ।

महिलाको सहभागिता र सक्रियताको प्रचार हुन सकेन : सभामुख घिमिरे

सभामुख घिमिरेले संसद्मा विचाराधीन मिडिया सम्बन्धी ऐन कानुनका विषयमा व्यापक छलफल गरी सबै दल र सांसद्हरुमार्फत ऐनको संशोधन र परिमार्जनका लागि पहल गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रियाका सहभागीहरूले नीति निर्माण र मिडियाको व्यवस्थापकीय तहमा महिला पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने धारणा राख्नुभयो ।

अन्तरक्रियामा अधिवक्ता दुर्गा भण्डारी र डा. कुन्दन अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार