असार २१, २०८२ शनिबार July 5, 2025

मौलिकता गुमाउँदै सुदूरपश्चिमको होली

होलीमा गाइने लोक गीतसँगै प्रयोग हुने लोकबाजासमेत हराउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ ।

होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति हुने गरेपनि पछिल्लो समय केवल रङ्गमा मात्रै होली सीमित हुने गरेको छ । साहित्यकार कविराज भट्ट होली प्रस्तुतिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् ।

‘खडी’ होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्ुतत हुन्छ भने ‘बैठी’ होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङग दल्ने मात्रै बुझ्न थालेको छ, होलीको आफ्नै मौलिकता छ”, उनले भने–“होलीको महिमा र गरिमालाई अहिलेका पुस्ताले अपनाउनु जरुरी छ ।”

होलीमा विभिन्न लोक बाजाको प्रयोग गरिन्छ । देवस्थल, सार्वजनिकस्थल तथा घर–घरमा गएर होली खेल्ने चलन छ । होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ । होलीमा विभिन्न विषय वस्तुमा आधारित गाथाका साथै आशिर्वादसमेत दिने गरेको पाइन्छ । होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतत्रन्धुले बताए ।

“भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ”, उनले भने,–“वर्तमान समयमा पश्चिमा संस्कृति हाबी हुँदै गएपछि हाम्रा मौलिक पहिचान बोकेका संस्कृति लोप हुँदै गएका छन् ।”

होलीलाई अतिरञ्जनात्मक बनाइ मादकपदार्थ सेवन तथा जथाभावी रङ दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गएको छ । “होलीको मौलिकता हराउनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउनु हो ।” पन्तले भने–“यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।”

होलीमा गाइने लोक गीतसँगै प्रयोग हुने लोकबाजासमेत हराउन थालेको छ । अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने र रमाइलो गर्ने गरिन्छ । हाम्रा लोकबाजा र मौलिक गीत हराउन थालेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार