भाद्र ४, २०८३ बिहिबार August 20, 2026

प्रतिपक्ष विवाद : राष्ट्रियसभा पनि प्रभावित हुने संकेत

सत्तापक्ष र प्रतिपक्षको विवाद भए राष्ट्रियसभा अध्यक्षले बैठक स्थगित गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबारे कांग्रेस र एमालेबीचको विवादले राष्ट्रिय सभाको बैठक पनि प्रभावित हुने देखिएको छ। गत १५ गते एमाले माओवादी गठबन्धन भत्किएर पुनः नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धन बनेपछि फागुन १७ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमाले दुवैले प्रतिपक्षमा बस्ने अडान लिएका थिए। जसले गर्दा संसद् सचिवालयले सूचना निकालेर बैठक स्थगित गरेको थियो।

राष्ट्रपतिको निर्वाचनअघि सरकार विस्तार नहुने देखिएको छैन। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। कांग्रेसले सरकारमा नगईकन सत्तापक्षमा नबस्ने बताएको छ। विवादका कारण प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ।

कांग्रेसका सांसद प्रकाश पन्तले राष्ट्रियसभाको २९ गतेको बैठकमा पनि प्रतिपक्षमा बस्ने संकेत गरेका छन्। सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमालेले पनि प्रतिपक्षमै बस्ने बताएको छ। एमाले राष्ट्रियसभा संसदीय दलका नेता भैरवसुन्दर श्रेष्ठले एमालेले विश्वासको मत फिर्ता लिइसकेपछि अब प्रतिपक्षमा बस्ने जानकारी दिएका हुन्। सत्तापक्ष र प्रतिपक्षको विवाद भए राष्ट्रियसभा अध्यक्षले बैठक स्थगित गर्न सक्ने अधिकार हुँदा २९ गतेको बैठक प्रभावित हुन सक्ने देखिएको छ।

कांग्रेसले सरकारमा नगएसम्म सत्तापक्षमा नबस्ने नीति लिएको छ। उपराष्ट्रपतिको निर्वाचनपछि मात्र कांग्रेसले सरकारमा जाने संकेत गरेको छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनअघि नै दलबाट एकएक जना पठाएर भए पनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको स्रोतले बतायो। स्रोतका अनुसार सरकार गठन हुनासाथ दलहरूबीच असन्तुष्टि चुलिन गए राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको हार हुन सक्ने आकलन गर्दै सरकार विस्तारलाई अस्वीकार गरेको थियो। यसकारण अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि नै सरकार गठन हुन सक्ने सम्भावना देखिएको स्रोतको भनाइ छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार