भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सभामुख घिमिरे बहराइन भ्रमणमा जाँदै

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिने भएका छन् ।

उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्। नेपाल उक्त सङ्घको सदस्य छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार