श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यमनमा भएको डुङ्गा दुर्घटनामा परेर २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुङ्गा दुर्घटना भएको हो । उक्त डुङ्गामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया