भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सभामुख घिमिरे आज बहराइन जाँदै

अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जानुहूँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरे आज (शुक्रबार) बहराइन जाने भएका छन् ।

आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लागेका हुन ।

९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार