भाद्र ४, २०८३ बिहिबार August 20, 2026

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुख घिमिरेले दिए बधाई

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाएपनि भेटेरै दिए बधाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई दिएका छन् ।

मुलुकको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् ।

नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए ।

उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने ब्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले उक्त बैठकका लागि नेपालका तर्फबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार