श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मलेसियाका पूर्व प्रधानमन्त्री मुहिद्दीन यासिन पक्राउ

भ्रष्टाचारको आरोप लागेका पूर्व प्रधानमन्त्री यासिनलाई अदालत उपस्थित गराउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मलेसियाका पूर्व प्रधानमन्त्री मुहिद्दीन यासिन भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । कोभिड १९ को महामारीको समय ताका भ्रष्टाचार गरेको आरोपमा पूर्व प्रधानमन्त्री यासिन पक्राउ परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्रष्टाचारको आरोप लागेका पूर्व प्रधानमन्त्री यासिनलाई भोलि अदालत उपस्थित गराउने तयारी भएको बताइएको छ । मलेसियाली भ्रष्टाचार विरोधी आयोगले विज्ञप्ति जारी गर्दै मुहिद्दिनको सरकारले सुरु गरेको आर्थिक पुन:प्राप्ति परियोजनाको बारेमा सोधपुछ गरेपछि पक्राउ गरिएको उल्लेख गरेको छ ।

Malaysia: Former Prime Minister Muhyiddin Yassin arrested, anti-corruption  agency action; Charges to be framed tomorrow - Malaysia Ex-pm Muhyiddin  Yassin Set To Be Charged For Corruption - Satlok Express

७५ वर्षीय मुहिद्दिनमाथि निर्माण ठेकेदारहरूले कोभिड महामारीको समयमा पार्टीको खातामा पैसा जम्मा गरेको आरोप लागेको छ । पूर्व प्रधानमन्त्री मुहिद्दिनले आरोप अस्वीकार गर्नु भएको छ । आफू माथि राजनीतिक प्रतिशोध साँध्न सो कदम चालिएको उहाँले बताउनु भएको छ ।

मुहिद्दीन पद छाडेपछि अभियोग लाग्ने मलेसियाका दोस्रो नेता हुनेछन् । सन् २०१८ को आम चुनावमा सत्ता गुमाएपछि पूर्वप्रधानमन्त्री नजिब रजाकमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

आन्तरिक शक्ति संघर्षपछि सन् २०२० को मार्चमा प्रधानमन्त्री बन्नु भएका मुहिद्दिनले राजनीतिक चलखेल गरेपछि सन् २०२१ मा पद गुमाउनु भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया