भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान

टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् ।

शुक्रबार साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै टोली मानमा प्रस्थान गर्ने छ । प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन् ।

सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले विप्तिमार्फत जानकारी दिएका छन् ।

टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार