श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यमनका युद्धरत प्रतिद्वन्द्वीबीच जेनेभामा कैदी आदानप्रदानका लागि छलफल सुरू

यमन सरकार र इरान समर्थित हुथी विद्रोहीका प्रतिनिधिबीच शनिबार जेनेभामा कैदी आदानप्रदानका लागि वार्ता सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यमन सरकार र इरान समर्थित हुथी विद्रोहीका प्रतिनिधिबीच शनिबार जेनेभामा कैदी आदानप्रदानका लागि वार्ता सुरु भएको छ  । संयुक्त राष्ट्रसङ्घले दुवै पक्षलाई ‘गम्भीर’ छलफलमा संलग्न हुन आग्रह गरेको छ ।

वर्षौंदेखिको गृहयुद्धका बीच बन्द कोठामा हुने वार्ताको नयाँ चरणको काम संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गरिरहेको छ ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मलाई विश्वास छ, दुवै पक्ष धेरैभन्दा धेरै बन्दीलाई रिहा गर्ने विषयमा गम्भीर र आगामी छलफलका लागि तयार छन् ।”

पाँच वर्षअघि स्टकहोममा भएको कैदी आदानप्रदानसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने उद्देश्यले ११ दिनसम्म चल्ने भनिएको यो वार्ता सातौँ बैठक भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

उक्त सम्झौताअन्तर्गत दुवै पक्ष यमनको करिब एक दशक लामो द्वन्द्वका क्रममा ‘कुनै अपवाद वा शर्तबिना’ थुनामा रहेका सबै कैदी, बन्दी, बेपत्ता व्यक्ति, स्वेच्छाचारी रूपमा हिरासतमा राखिएका र बलजफ्ती बेपत्ता पारिएका व्यक्ति र नजरबन्दमा रहेकाहरूलाई रिहा गर्न सहमत भएका थिए ।

आइसिआरसीले एएफपीलाई दिएको जानकारीमा ग्रुन्डबर्गको कार्यालयको मध्यस्थतामा विगतमा भएका बैठकका कारण दुवै पक्षका कैदीहरूलाई रिहा गरिएको उल्लेख गरेको छ ।
“सन् २०२० मा एक हजार ५० भन्दा बढी बन्दीहरूलाई रिहा गरिएको थियो र दुवै पक्षबीच भएको सहमतिअनुसार उनीहरूलाई मूल क्षेत्र वा गृह देशमा यातायातको व्यवस्था गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

हुथी विद्रोहीसमूहले १६ साउदी र तीन सुडानी नागरिकसहित ८२३ सरकार समर्थित लडाकुको बदलामा एक हजार ४०० विद्रोहीलाई रिहा गर्ने गरी कैदी साटासाट गर्न सहमत भएको करिब एक वर्षपछि पछिल्लो बैठक हुन लागेको हो ।

युद्धरत पक्षहरूले यो बीचमा जोर्डनको राजधानी अम्मानमा शृङ्खलाबद्ध वार्ता गरेका छन्, जसबाट कुनै प्रगति भएको छैन । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार