मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

के सासको दुर्गन्धले रोगको पहिचान हुन्छ ?

सासको दुर्गन्धले समस्या मात्र नभई सम्बन्ध टुट्नुका साथै डिप्रेसन, एक्लोपन र मानसिक रोगको सिकार पनि बनाउँछ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दाँत र गिजाको रोगपछि मानिसहरू उपचारको लागि दन्त चिकित्सककहाँ जाने तेस्रो ठूलो कारण सास गन्हाउनु हो। श्वासप्रश्वासको यो समस्यालाई चिकित्सकहरूले ‘हलिटोसिस’ नामले चिन्छन् । प्रत्येक गन्धले विभिन्न रोगहरूको बारेमा बताउँछ। जसबाट मानिसलाई कुन रोग लागेको छ भन्ने अनुमान गर्न सकिन्छ ।

सासमा सुगन्ध छ भने आत्मविश्वास बढ्छ, आजको जीवनशैलीको यथार्थ यही हो । सुगन्धित सासले जीवनमा प्रेम र सफलता पनि ल्याउँछ । तर, सासको दुर्गन्धले समस्या मात्र नभई सम्बन्ध टुट्नुका साथै डिप्रेसन, एक्लोपन र मानसिक रोगको सिकार पनि बनाउँछ । सासको दुर्गन्ध लुकाएर राम्रो गन्ध दिने माउथवाश उद्योग विश्वभर करिब ६ सय अर्ब रुपैयाँ बराबरको भएको छ ।

तर, उपचार गर्नुको सट्टा माउथवाशले सासको दुर्गन्ध लुकाएर बेवास्ता गर्नु घातक साबित हुन सक्छ। वैज्ञानिकहरू भन्छन् कि सासको दुर्गन्धले तपाईंको आन्तरिक स्वास्थ्यको अवस्था बताउँछ । तसर्थ, सास गन्हाउनेबारे सचेत रहँदा मृगौला र कलेजो फेल हुनबाट बच्न सकिन्छ। इन्डियन जर्नल अफ डेन्टल साइन्सेजले गरेको अनुसन्धानले भारतको आधा जनसंख्याले सासको दुर्गन्धसँग लडिरहेको देखाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया