असोज १९, २०८३ सोमबार October 5, 2026

सेभ द चिल्ड्रेनद्वारा सरकारलाई १ हजार ७४३ पिपिई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड–१९ को संक्रमण रोक्न १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा मन्त्रालयलाई सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा मन्त्री ढकालले सुदृढ स्वास्थ्य सेवा र कोभिड–१९ को संक्रमण नियन्त्रणमा सेभ द चिल्ड्रेनको सहयोग फलदायी हुने बताएका छन ।

सेभ द चिल्ड्रेनले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारका रहेका छन् । कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अतिसीमान्तकृत समुदाय विशेष गरी जोखिममा रहेका बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने प्राथमिकता रहेको सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक वन्दना रिसालले बताइन् ।

नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशील रहने, स्वास्थ्यकर्मीलाई जीवन बचाउका सामग्रीहरू सहज रूपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको समेत उनले बताइन् ।
सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फन्डको आर्थिक सहायताप्राप्त परियोजनाहरूबाट संघीय, प्रादेशिक र स्थानीय सरकारमार्फत कोभिड–१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरू उपलब्ध गराई सहयोग गरिरहेको छ ।

साथै, सेभ द चिल्ड्रेन थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को खरिद प्रक्रियामा पनि रहेको छ । सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रमहरू र ग्लोबल फन्ड परियोजनामार्फत संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्रीहरू प्रदान गरिरहेको छ ।

जसमा क्वारेन्टाइन केन्द्रहरू बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाइका सामग्रीहरू उपलब्ध गराउने, स्वाब संकलनबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीका लागि सहायक सामग्रीहरू जस्तै, इन्फ्रारेड थर्मोमिटर, एन९५ मास्क, कार्डियाक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, इसिजी मेसिनलगायत उपलब्ध गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार