असोज १९, २०८३ सोमबार October 5, 2026

कोभिड–१९ परीक्षणका लागि आवश्यक सामग्री ल्याउन ल्याइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन । नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो ।

मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो । अहिले ती सबै आरडिटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन । “पहिले आएका सबै कीट हामीले परीक्षणका लागि सबै ठाउँमा पठाएका छौँ”, उनले भने, “परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट कीट ल्याउँदैछौँ ।”

पिसिआरबाट भने क्षमताअनुसार परीक्षण गरिएको छ । पिसिआर पनि थोरै भएकाले अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्ने भनेर राखिएको उनले जानकारी दिएका छन । सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताएका छन । अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
२०८३ असोज १९, सोमबार
ज्येष्ठ नागरिकका लागि अस्थायी आश्रयस्थल बनाउँदै नुवाकोट रेडक्रस
२०८३ असोज १९, सोमबार
पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा
२०८३ असोज १९, सोमबार
आईपीयू सभामा सहभागी हुन सभामुख अर्याल तान्जानिया प्रस्थान
२०८३ असोज १९, सोमबार