चैत्र १६, २०८० शुक्रबार March 29, 2024

निवर्तमान राष्ट्रपतिको कार्यकाल केही सामान्य, केही विवादस्पद बन्यो । – रमेशनाथ पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निवर्तमान राष्ट्रपतिको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

उहाँको कार्यकाल केही सामान्य, केही विवादस्पद र केही राजनीतिक दलहरूको आत्मकेन्द्रित स्वार्थको सिकार बन्यो । पहिलो राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्को निर्णय बदर गर्नुभयो भने दोस्रो राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसलाई स्विकार गरे पनि संसद्ले पारित गरेको विधेयकलाई थन्क्याइदिनुभयो ।

दुवै अवस्थामा दलहरूको प्रतिक्रिया आआफ्नो स्वार्थअनुकूल देखियो । यस्तै समस्या भारतमा पनि देखिएको थियो । भारतका दोस्रो राष्ट्रपतिले सेनाको पदोन्नतिमा सरकारले गरेको निर्णय उल्ट्याइदिनुभएको थियो भने एपिजे अब्दुल कलामले संसद्ले पारित गरेको विधेयक थन्क्याइदिनुभयो । तर, त्यहाँका दलहरूले नेपालमा जस्तो स्वार्थकेन्द्रित समर्थन र विरोध गर्ने काम गरेनन् । सबैले एक स्वरमा विरोध गरे ।

सक्रिय राजनीतिमा उहाँको पुनरागमन हुन  सक्ने सम्भावना कति देख्नुहुन्छ ?

मदन भण्डारीको ‘लिगेसी’ लाई निरन्तरता दिन र देशको उच्च ओहोदाका विभिन्न पदमा बसेर काम गरेको अनुभवका आधारमा राष्ट्रलाई थप योगदान दिन उहाँले सक्रिय राजनीतिमा आउन खोज्नुभयो भने आश्यर्च हुनेछैन ।

उहाँ सक्रिय राजनीतिमा फर्किनुभयो भने त्यसले एमाले पार्टी जीवनमा कस्तो प्रभाव पर्ला ?

यतिखेर प्रमुख दलहरूमा मात्र नभई समग्र देशमै नेतृत्वको संकट छ । त्यसैले, दलहरूले मात्र नभई देशले नै नयाँ नेतृत्व खोजिरहेको छ । त्यो चाहना पूरा गर्न एमाले अघि सर्छ या साबिक प्रचलनमै कायम रहन्छ, त्यसले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भविष्यको निर्धारण गर्नेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया