मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सहिद स्मारक ए-डिभिजन लिगमा आज तीन खेल हुँदै

साबिक विजेता मच्छिन्द्र र पूर्व च्याम्पियन नेपाल पुलिस क्लब साँझ साढे पाँच बजे दशरथ रंगशालामा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सहिद स्मारक ए-डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । साबिक विजेता मच्छिन्द्र र पूर्व च्याम्पियन नेपाल पुलिस क्लब साँझ साढे पाँच बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछन् ।

खराब लयमा रहेका दुवै टिमले जारी लिगमा अहिलेसम्म जित हात पार्न सकेका छैनन् । जारी लिगमा मात्रै एक गोल गरेको मच्छिन्द्र तीन खेलबाट एक अंक जोड्दै तालिकाको १३ औँ स्थानमा छ ।

यता लगातार तीन खेलमा पराजय बेहोरेका पुलिसले खाता खोल्न सकेको छैन । मंगलबार जित हात पार्ने टोली रेलिगेसन जोनभन्दा माथि उक्लनेछ ।

दिउँसो साढे दुई बजे एन्फा कम्पलेक्समा संकटा र नवप्रवेश चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । बी-डिभिजन च्याम्पियन चर्च ब्वाइज आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

संकटा क्लब दोस्रो जितको खोजीमा छ । सोही समयमा दशरथ रंगशालामा जावालाखेल युथ क्लब र फ्रेन्डस क्लब आमनेसामने हुनेछन् । जारी लिगमा अपराजित जावालाखेल लगातार तेस्रो जितको खोजीमा छ । यता रेलिगेसन जोन भन्दा वरिपरि रहेको फ्रेन्डस् पहिलो जितको खोजीमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार