कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बुटवलमा धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता

धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने सरोकारवालाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बुटवल उपमहानगरपालिकामा धार्मिक सङ्घ संस्थाका अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न धार्मिक सङ्घसंस्थाका अगुवाहरूसँग आज भएको छलफलमा सहभागीले धार्मिक सद्भावपूर्ण सहरका रूपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने नीति ल्याउन सुझाव दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले आज धार्मिक सङ्घसंस्थाका अगुवासँगको छलफलमा सहभागी वक्ताले धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने बताएका हुन् ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई धार्मिक सद्भाव र धार्मिक पर्यटकीयस्थलका रूपमा समेत विकास गर्ने योजना रहेकाले त्यसैअनुसार मठमन्दिर, बिहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिकस्थल बनाउने गरी तयार हुन सङ्घसंस्थाका अध्यक्षलाई आग्रह गर्नुभयो ।

उहाँले बुटवल ऐतिहासिक र धार्मिक हिसाबले अगुवा सहर भएकाले धार्मिक विश्रामस्थलका रूपमा विकास गर्नका लागि धार्मिक सङ्घसंस्थाले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवलभित्रका मठमन्दिर, धाम, बिहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए । बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि योजना निर्माण गर्दै सेवा प्रवाहलगायतका विषयमा विज्ञको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयसम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार