मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी

प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुनेछ । जसमा युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन बहिरी टिमले सहभागिता जनाउनेछन् भने भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टिम हुनेछन् ।

अध्यक्ष सुवालले भने, “विगतमा सञ्चालन भएको प्रतियोगिता जिल्लाकै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै सञ्चालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौँ ।” सर्वाधिक राशिको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख पाउने भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायसँग सहयोगका लागि समन्वयसमेत गरिने आयोजकले जनाएको छ ।   प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी र प्रचारप्रसारको काम सुरु गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग आयोजक पक्षले सहयोगको अपेक्षासमेत गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार