भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सभामुख घिमिरे स्वदेश फिर्ता

आईपीयुको महासभामा सहभागी हुन नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् । उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।

उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताए । उनले जातीय, वर्गीय कुराहरूलाई नयाँ ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताए ।   उनले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा पनि जानकारी गराएको बताए ।

सभामुख घिमिरेले सरकारले विश्वासको मत लिनु सामान्य कुरा रहेको बताए ।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढवा दिने कुरा आफूले उठाएको बताए । उनले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार