असार २५, २०८२ बुधबार July 9, 2025

नेपालगञ्जमा थप सातजनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ८२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके । नेपालगञ्जका थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार थप सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले निषेधाज्ञा लागु गरिएको छ।

मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९ वर्षकी बालिका ३२, ३४ र ५५ वर्षीया महिला रहेको जनाइएको छ ।

सबै संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया