चैत्र १६, २०८० शुक्रबार March 29, 2024

संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीले ड्राइभ गर्न नसक्ने सरकारले गति लिन सक्दैन । – पुरञ्जन आचार्य (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइ स्वाभाविक हो कि प्रधानमन्त्रीको बाध्यता ?

धेरै दल मिलेर गठबन्धन बनेको हुनाले यो ढिलाइ स्वाभाविक हो । गठबन्धन ठुलो छ । संसद्को तेस्रो दलका नेताले यसलाई ‘ड्राइभ’ गर्नुपर्ने अवस्था छ । जसले गर्दा उहाँले फुकीफुकी पाइला चाल्नुपर्ने बाध्यता छ । सानोभन्दा सानो गडबढीले पनि ठुलै नोक्सानी हुन सक्छ । यो गठबन्धन कुनै सैद्धान्तिक आवरणमा बनेको होइन । यो त केपी ओलीको विरोधमा बनेको गठबन्धन हो । गठबन्धनमा सामेल सबै दल र तिनका नेतामा ठुला महत्वाकाङ्क्षा छन् । तिनलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बाध्यताले गर्दा यो ढिलाइ भएको हो ।

यो ढिलाइमा गठबन्धनमा रहेका दलहरूबिचको अविश्वास कति जिम्मेवार देख्नुहुन्छ ? 

यो कुनै विश्वासमा अडेको गठबन्धन नै होइन । यो सबैको आआफ्नै स्वार्थमा अडेको छ । कांग्रेसलाई राष्ट्रपति चाहिएको थियो । प्रचण्डजीलाई प्रधानमन्त्री हुनु थियो । साथै, उहाँलाई ओलीजीको त्रासबाट त्राण पनि चाहिएको थियो । अन्य दललाई पनि आफ्ना नेता तथा कार्यकर्ता व्यवस्थापन गर्नुपर्ने चुनौती थियो । यो गठबन्धनको राष्ट्रिय ‘पिक्चर’ नै छैन । त्यसैले, एकअर्काबिचको अविश्वास जहिल्यै कायम रहने देखिन्छ ।

यस्तो अविश्वासबिच यो सरकारले कसरी गति लेला त ?

संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीले ड्राइभ गर्न नसक्ने सरकारले गति लिन सक्दैन । यसबाट नियमित प्रशासनसम्म चल्छ । आमनागरिकले त्योभन्दा बढी अपेक्षा नगरे पनि हुन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार