मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इटहरी गोल्डकप : चर्च ब्वाइज क्लब सेमिफाइनलमा

गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलबाट चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इटहरीमा जारी १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलबाट चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

खेलको ४५ औँ मिनेटमा आशिष चापागाईँले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोल अन्तरले अगाडि रहेको चर्च ब्वाइजले खेलको ६१ मिनेटमा थप १ गोल गरेको थियो । टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले दोस्रो गोल गर्दै टिमलाई मजबुत बनाए । खेलमा आयोजक राजा क्लब थुप्रै अवसर पाए पनि गोल गर्न चुक्यो ।

इटहरी रङ्गशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार