मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पा क्लबलाई हराँउदै थ्री स्टार बिजयी

हिमालयन शेर्पा क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै थ्री स्टार विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बुटवलमा जारी मोफसलको ठूलो राशिको पुरस्कार रहेको तिलोत्तमा गोल्डकपको आइतबार भएको फुटबल प्रतियोगितामा थ्री स्टार क्लब विजयी भएको छ ।

२२ औँ संस्करण अन्तर्गत आइतबार भएको निकै प्रतिस्पर्धात्मक खोलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार विजयी भएको हो । यो जितसँगै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो हाफको ३८ मिनेटमा १८ नम्बर जर्सीका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम-११ विजयी भएको छ । खेलमा हिमालयन शेर्पाका १५ नम्बरका जर्सीका खेलाडी दिवस उराउले पहेँलो कार्ड पाएका थिए । ७ मिनेटको इन्जुरी समयमा पनि कुनै गोल हुन सकेका थिएन । खेलको म्यान अफ द म्याच थ्री स्टारका लोकेन लिम्बु भएका थिए । उनले ११ हजार १ सय ११ रुपैयाँ, करेन्ट चाउचाउ र यति हेल्मेट प्राप्त गरेका छन् ।

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

भोलि सोमबारको खेल विभागीय टोली नेपाल सशस्त्र प्रहरी (एपीएफ) र फ्रेण्ड्स क्लबबिच दिउसो साँढे ३ बजे हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार