असोज १९, २०८३ सोमबार October 5, 2026

मदिरा सेवनले कोरोनासँग लड्ने क्षमतामा कमी आउँछ : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मदिरा सेवनले रोगसँग लड्ने क्षमतामा कमी आउनुका साथै कोरोना भाइरस संक्रमणको थप जोखिम बढ्ने जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले मदिराको अत्याधिक सेवनले दिमागमा नकारात्मक कुराहरु आउनुका साथै अन्य रोगबाट पनि प्रभावित हुन सकिने भन्दै सचेत गराएका हुन्।
यसअघि सामाजिक सञ्जालहरुमा कोरोना भाइरस संक्रमण निको हुने भन्दै धेरै मानिसहरुले मदिरा सेवन गरेको र यसको अत्याधिक सेवनले मृत्यु भएको खबरहरु आएका थिए।

यस्तै मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ५ सय ८२ पुगेको जानकारी दिएको छ।
पिसिआरबाट १३ हजार ८ सय ५० जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको हो।
यस्तै हाल देशभर आइसोलेसनमा कुल १ सय २० जना रहेको जसमा उपत्यकाभित्र २ जना र उपत्यका बाहिर ११८ जना रहेको उनले जानकारी दिए।
डा।देवकोटाका अनुसार क्वारेन्टाइनमा भने २१ हजार ९९ जना रहेका छन्। यस्तै देशभर ३३० जना रेड जोनमा परेका छन्, जसमध्य गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार