मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दशरथ रंगशालामा बुधबारदेखि आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हा । नेपाली टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।

टोलीमा सात जना नयाँ खेलाडीले स्थान बनाएका छन् । टोलीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलो पटक स्थान बनाउनुभएको हो ।

चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रधानमन्त्री कपमा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । सिंगल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

नेपालले बुधबार पहिलो खेल लाओससँग खेल्नेछ । चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने बताईएको छ ।

नेपाली टोली 

गोलरक्षक : किरण कुमार लिम्बु, दीप कार्की र अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास

स्ट्राईकर : आयुष घलान, नवयुग श्रेष्ठ,  दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार