वैशाख १३, २०८१ बिहिबार April 25, 2024

राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्दै

राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रस्तुत गर्ने कार्यतालिका छ ।

त्यसैगरी भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया