चैत्र १५, २०८० बिहिबार March 28, 2024

सामसङका दुई फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी ए३४’ र ‘ग्यालेक्सी ए५४’ नेपाली बजारमा आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली बजारमा सामसङले दुई नयाँ फाइभजी स्मार्टफोन भित्र्याउने तयारी गरेको छ ।

कम्पनीले ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोन नेपाली उपभोक्ताका लागि ल्याउन लागेको हो ।ग्यालेक्सी ए३४ मा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । त्यस्तै ग्यालेक्सी ए५४ मा ५ मेगापिक्सेलको म्याक्रो लेन्ससहित ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । दुवै फोनमा ८ मेगापिक्सेलको अल्टा वाइड एङ्गल लेन्स छ ।

दुवै फोनलाई १२० हर्जको रिफ्रेस रेटमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत प्रयोगकर्ता खुसी हुने कम्पनीको विश्वास छ । पानी र धुलो प्रतिरोधक आइपी६७, कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन र सामसङको सिग्नेचर नक्स सेक्युरिटीका साथ चाँडै उपलब्ध हुने बताइएकाे फोनको नेपाली मूल्य भने खुलाइएको छैन ।

साथै यी फोनमा पाँच वर्षको सेक्युरिटी अपडेट र चार वर्षको ओएस अपग्रेडको ग्यारेन्टी पनि दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार