मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

यू–१७ महिला साफ : नेपालले भुटानलाई हरायो

यू–१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५–० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं :  यू–१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५–० ले हराएको छ।

वर्षा ओली र सेनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित दर्ता गरेको हो।

जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ। नेपाल चौथो स्थानमा छ। समान खेलबाट तीन अंक नै जोडेको बंगलादेश तेस्रो स्थानमा छ। एक खेल खेलेर समान तीन खेल जोडेका भारत र रुस क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। दुई खेल खेलेको भुटान भने अंकबिहीन छ।

पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो। भारतसँग पराजित हुँदा पनि वर्षाले एक गोल गरेकी थिइन्। जारी प्रतियोगितामा वर्षाले तीन गोल गरिसकेकी छिन्।

प्रतियोगितामा दक्षिण एसिया क्षेत्रका भारत, नेपाल, बंगलादेश र भुटान छन् भने यसपटकबाट रुसलाई आमन्त्रित गरिएको छ । रुसले पहिलोपटक यो प्रतियोगिता खेलेको हो।

गएराति भएको  अर्को खेलमा रुसले आयोजक बंगलादेशलाई ३–० ले हराएको थियो। नेपालले अब आइतबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार