असोज १८, २०८३ आइतबार October 4, 2026

पर्सामा १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९९ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा बुधबार यो जानकारी दिएको हो।

कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।

बुधबार संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन्।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना निको भएर घर फर्किसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया