असोज ४, २०८३ आइतबार September 20, 2026

बायोग्राफी लेख्दै महावीर पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन् ।

उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविस्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन् । उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए । ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ । मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न आए । मैले त्यो बेला मेरो जीवनी नलेख्नु, मलाई चाहिँदैन नै भनिदिएँ’, महावीरले भने, ‘अहिले आएर केन्द्रका लागि दुई चार पैसा आउँछ भने किन नलेख्ने भनेर केही समययता दैनिक रुपमा बायोग्राफी लेखिरहेको छु । बायोग्राफी आविस्कार केन्द्रप्रति समर्पित हुनेछ ।’

उनले कुनै कार्यक्रममा जानै पर्ने अवस्था आएमा मात्र आफू पुग्ने गरेको र त्यो बाहेकको समय बायोग्राफीमै दिएको बताए । उनका अनुसार तीन महिनाभित्र उनको बायोग्राफी पाठकले पढ्न पाउनेछन् । कुनै प्रकाशन गृहबाट बायोग्राफी बजारमा आउँछ भन्ने निश्चित नभइसकेको उनले खुलाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया