मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

भोजपुर गोल्डकप : भोजपुरले एनबिवाइसी सप्तरीलाई ४-२ ले पराजित गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाइसी सप्तरीलाई पराजित गरेको छ ।

खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुँदा सप्तरीले २ गोल मात्र गर्न सक्यो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा करिब ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभएको थियो ।

प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् । जसमा दुई बाहिरी र ६ नेपाली टोली छन् । प्रतियोगितामा युकेएफसी भारत, एभीनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट यूथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी छन् ।

शनिवारको खेल युकेएफसी भारत र डाँगीहाट यूथ क्लब मोरङबिच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता चैत्र १६ गतेसम्म सञ्चालन हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार