चैत्र १६, २०८० शुक्रबार March 29, 2024

बालबालिका र युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा सभामुखको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पसि कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले संसारभरनै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताए। उनले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताए । उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए ।

सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरुलाइ झनै बढाएँदै लैजानुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया