असार २५, २०८२ बुधबार July 9, 2025

वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।

उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया