मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङले जित्यो

०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई सडेनदेथका आधारमा विजेताको टुगो लगाएका हुन् ।

खेलको निधारित समयमा समान १ एक गोल भएपछि खेललाई पेन्नाल्टी सुटमा लगिएको थियो । पेन्नाल्टी सुटमा  पनि समान चार ४ गोल गरेपछि खेल सडेनदेथमा लगिएको थियो ।

खेलको ५४ औ  मिनेटमा मनाङ मरयाङ्दीका कोफी टिमोथेले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका थिए । एक गोल खाएर रनथनीयको  सुदूरपश्चिम ११ ले खेलको ७६ औ  मिनेटमा खेलाडी फाल्गुराम थारुले उत्कृष्ट गोल गरेसँगै  खेल बराबरीमा पुगेको थियो । बाँकी अवधिमा दुई  टिमबाट गोल गर्ने प्रयास भएता पनि थप गोल कुनै टिमबाट हुन सकेन ।अन्ततः खेल ९ आठको अन्तरमा मनाङको पोल्टामा उपाधि कब्जा भयो ।

उपाधि चुमेसंगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पाएको छ भने  उपविजेता सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको हो । प्रतियोगितामा विजेता र उपविजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पुरस्कार प्रदान गर्नु भएको थियो । २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक जितेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सुदुरपश्मिका पाल्गुराम थारु घोषित हुँदै स्कुटर पुरस्कार प्राप्त गरेका छन् भने वेस्ट गोलकिपर जियानाथ शेखले हात पारेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार