चैत्र १६, २०८० शुक्रबार March 29, 2024

कर्णाली प्रदेशसभा बैठक भोली अपरान्ह बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाको बैठक आहृवान गरिएको छ । सरकारले बैठक आहृवानका लागि प्रदेशसभालाई जानकारी गराएपछि भोली दिउँसो ३ बजेका लागि बैठक आहृवान गरिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

दुई महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकमा एजेण्डा भने तोकिएको छैन । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १ बजे बस्ने सर्वदलिय बैठकले निर्णय गर्नेछ । यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया