वैशाख ८, २०८१ शनिबार April 20, 2024

अप्रिल १ देखी रुसका कर्मचारीले अमेरिकी ब्रान्ड एप्पलका डिभाइस प्रयोग गर्न नपाउने

मार्च अन्तिमदेखि एप्पलका उपकरण प्रयोग गर्न बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुस सरकारका कार्यालयहरूमा काम गर्ने कर्मचारीहरूले अब अमेरिकी ब्रान्ड एप्पलका डिभाइस प्रयोग गर्न नपाउने भएका छन् । युक्रेनसँग जारी युद्धका बीच जासूसी हुनसक्ने आशंका गर्दै  रुस सरकारले यस्तो फैसला गरेको हो ।

सोमबार यस विषयमा निर्देशन जारी गरिएको छ । २० मार्चमा जारी गरिएको परिपत्रमा उल्लेख भए अनुसार रुसी राष्ट्रपति प्रशासनका त्यस्ता सदस्य, जसले घरेलु मुद्दामा काम गरिरहेका छन्, उनीहरूले मार्च अन्तिमदेखि एप्पलका उपकरण प्रयोग गर्न बन्द गर्नुपर्नेछ ।

रुसी अधिकारीहरूलाई आईओएस अपरेटिङ सिस्टम चल्ने आफ्ना डिभाइसलाई फ्याँक्नुपर्ने अथवा आफ्ना बालबालिकालाई दिनुपर्नेछ । स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मार्चको सुरुमा भएको एक सेमिनारमा चर्चा भएको समेत उल्लेख गरेका थिए ।

कमर्सेन्टको एक रिपोर्ट अनुसार यो मामिलामा डेपुटी चिफ अफ स्टाफ सेर्गेई किरिङबाट अन्तिम वक्तव्य आएको हो । जसले घरेलु नीतिका विभिन्न मामिलाका साथै राष्ट्रपति कार्यालयका कतिपय विभागको निगरानी गर्दै आएका छन् ।

समाचार पत्रले बताए अनुसार यो निर्णयले त्यस्ता अधिकारीहरूलाई समेत प्रभावित पार्नेछ, जो प्रशासनको तर्फबाट स्थानीय सरकारसँग सम्पर्क कायम गरिरहेका हुन्छन् । ज्ञात रहोस्, रुस र युक्रेनबीच जारी युद्ध सुरु भएको एक वर्षभन्दा बढी भइसकेको छ । यो युद्धमा अमेरिकाले युक्रेनलाई सघाइरहेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया