मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मोरक्कोले ब्राजिललाई २–१ गोलले हरायो

ब्राजिलले टोलीका स्टार खेलाडी उतारे पनि जित निकाल्न सकेन । 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोले ब्राजिललाई पहिलो पटक पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले पाँच पटकको फिफा विश्वकप च्याम्पियन ब्राजिललाई २–१ गोलले हरायो ।

कतार विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएपछि अफ्रिकी टोली मोरक्कोले विश्वको ध्यान खिचेको थियो । विश्वकप पछि मोरक्कोले ब्राजिललाई हराएर फेरि विश्व फुटबलको ध्यान आफूमाथि तानेको छ ।

प्रतिस्पर्धात्मक खेलमा मोरक्कोलाई जिताउन सोफिएन बोउफल २९औँ र अब्देलहामिद सावरीले ७९औँ मिनेटमा गोल गर्नुभयो । ब्राजिलका कप्तान क्यासमिरोले ६७औँ मिनेटमा गरेको गोल सान्त्वना बनेको थियो । ब्राजिलले टोलीका स्टार खेलाडी उतारे पनि जित निकाल्न सकेन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार