मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने

छनोट खेलका लागि एन्फाले ४३ लाख रुपियाँ खर्च गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक गेम्सका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो चरणको एसिया छनोट खेल भियतनामसँग खेल्ने भएको छ ।

छनोटका लागि समूहमा रहेका प्यालेल्टाइन र अफगानिस्चतानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

छनोटमा नेपाल समूह ‘सी’ मा रहेको थियो । यसअघि नेपाल सम्मिलित समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थिए । अब नेपालले भियतनामसँग चैत २२ र २५ गते दशरथ रङ्गशालामा छनोट खेल  खेल्नेछ ।

छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण जारी रहेको र नेपाली टोलीको घोषणा केही दिनमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । अनन्त थापाको प्रशिक्षणमा ३३ जना खेलाडीले अहिले अन्तिम तयारी गरिरहेका छन् ।

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । छनोट खेलका लागि एन्फाले ४३ लाख रुपियाँ खर्च गर्न लागेको प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
२०८३ मंग्सिर ५, शनिबार
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)
२०८३ मंग्सिर ५, शनिबार
नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द
२०८३ मंग्सिर ५, शनिबार