श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ताइवानसँग सम्बन्ध तोडे लगत्तै होन्डुरस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना

हस्ताक्षर भएको मितिदेखि नै लागू हुने गरी राजदूत स्तरमा एकअर्कालाई मान्यता दिने र कूटनीतिक सम्बन्ध स्थापना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्य अमेरिकी मुलुक होन्डुरसले ताइवानसँगको सम्बन्ध तोड्ने घोषणा गरेको केही घण्टामा नै चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री छिन क्याङ र होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिक रेइनाले आइतबार बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

Honduras forms diplomatic ties with China after severing relations with  Taiwan - Ireland Live

उसका अनुसार विज्ञप्तिमा हस्ताक्षर भएको मितिदेखि नै लागू हुने गरी राजदूत स्तरमा एकअर्कालाई मान्यता दिने र कूटनीतिक सम्बन्ध स्थापना गर्ने बताइएको छ ।

ताइवानका नेता साइ इङवेनको मध्य अमेरिकामा हुन लागेको भ्रमणको केहि दिनअघि यो घोषणा भएको हो । होन्डुरसले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै एक चीन नीतिलाई मान्यता दिने विश्वको १८२औं मुलुक बनेको छ ।

चिनियाँ विदेशमन्त्री क्याङले दुई देशबीच स्थापना भएको कूटनीतिक सम्बन्धले एक-चीन नीतिको पालना गर्नु विश्वव्यापी जिम्मेवारी हो भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार