असार २५, २०८२ बुधबार July 9, 2025

कोरोना कहरः कपिलवस्तुमा थपिए २ जना संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा साँढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा २ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षणबाट  २ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या १ सय १ जना रहेको छ । जसमा ७३ पुरुष र २८ महिला रहेका छन् । यसअघि बुधबार पर्साको वीरगञ्जमा २ महिने बालक सहित १७ जनामा संक्रमण देखिएको थियो । अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७ गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा २६ सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा मा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ को आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया