श्रावण ११, २०८३ सोमबार July 27, 2026

मिटरब्याज पीडितका माग सरकारले पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।

आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।’

नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउनुहुँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताउनुभयो ।

यसैगरी उहाँले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राख्नुभयो । सरकारले माग पूरा गर्ने बचन दिएपछि आन्दोलन स्थगित गर्न समेत नेता खनालले पीडितसँग आग्रह गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार