भाद्र २८, २०८३ आइतबार September 13, 2026

विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो

९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १४७ बाट १८५ पाउन्ड पुगेको छ, जुन २५ दशमलव नौ प्रतिशत वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमास्कस, २८ भदौ (रासस/सिन्ह्वा): विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पु¥याइएको छ । यो २८ दशमलव तीन प्रतिशतको वृद्धि हो ।

त्यस्तै, ९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १४७ बाट १८५ पाउन्ड पुगेको छ, जुन २५ दशमलव नौ प्रतिशत वृद्धि हो । डिजेलको मूल्य भने प्रतिलिटर १२५ बाट बढाएर १७५ पाउन्ड पु¥याइएको छ, यो ४० प्रतिशतको वृद्धि हो ।

खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । घरायसी प्रयोजनको ग्यास सिलिन्डरको मूल्य एक हजार ४७० बाट एक हजार ६०० पाउन्ड पुगेको छ, जुन आठ दशमलव आठ प्रतिशत वृद्धि हो ।

ऊर्जा मन्त्रालयले मूल्य वृद्धि अस्थायी रहेको जनाएको छ । मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै देशको प्रमुख इन्धन आपूर्तिकर्तामध्ये एक ‘बानियास रिफाइनरी’मा भइरहेको व्यापक मर्मतसम्भारका कारण मूल्य समायोजन गर्नुपरेको हो ।

यो मूल्य वृद्धि सेप्टेम्बर ४ को समायोजनको एक साताभन्दा केही समयपछि आएको हो । त्यसबेला पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर पाँच पाउन्डले बढाइएको थियो भने घरायसी तथा औद्योगिक ग्यासको मूल्य यथावत् राखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार