काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने गरि बोलाइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया