वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी फाइनल प्रवेश

क्यामरुनको एभिनियर फुटबल क्लब ०–६ गोलले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मनाङ मर्स्याङ्दी क्लब धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतिस्पर्धामा क्यामरुनको एभिनियर फुटबल क्लबलाई ०–६ गोलले पराजित गर्दै मानाङ मस्याङ्दी फाइनल प्रवेश गरेको हो । नौ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धामा उत्रिएको क्यामरुन फुटबल क्लबका दुई खेलाडीले खेल चलिरहँदा रेड कार्ड पाएपछि सात खेलाडीमा सीमित हुन पुगेको थियो । आवश्यक कागजात जुटाउन नसकेपछि क्यामरुनले आफ्ना नौ खेलाडीलाई मात्र प्रतिस्पर्धामा उतारेको थियो ।

मानाङको जितमा सायीजमलले ह्याट्रिक गोल गरे । खेलको १२औँ मिनेटमा मनाङका जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मानाङसँग सात खेलाडीमा सीमित हुन पुगेको क्यामरुन एभिनियरले दोस्रो हाफमा थप पाँच गोल खानुप¥यो ।

पहिलो हाफमा फाउल खेलेका क्यामरुनका जोर्डन जुनियर पहेँलो कार्ड पाएका थिए । त्यसको विरोधमा जोर्डन विपक्षी टोली र एमपायरसँग गरेको व्यवहारका कारण रातो कार्ड पाएर बहिरिनुप¥यो । त्यसको केही मिनेटपछि क्यामरुनकै गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि सो क्लब सात जना खेलाडीमा सीमित हुन पुग्यो । खेलको ५४औँ मिनेटमा मनाङका प्रसन्न श्रेष्ठले गोल गरे । ५९औँ, ६७औँ र ७७औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक गर्न सफल भए । ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छौटौँ गोल गरे ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित सायीजमल रु १० हजारबाट पुरस्कृत भए । मनाङ मस्र्याङ्दीले यही चैत १८ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ । मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।  यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार