असार २३, २०८२ सोमबार July 7, 2025

भूमिहीन सुकुम्बासीलाई विकल्पविना जबर्जस्ती उठाएर लखेट्न मिल्दैन । – एमाले नेतृ, पदमा कुमारी अर्याल (अन्तवार्ता)

भूमिहीन सुकुम्बासीको व्यवस्थापनविना वैज्ञानिक भूमिसुधार सम्भव छैन ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भूमिहीन सुकुम्बासी तथा अव्यस्थित बसोबासीको समस्यालाई कसरी हेर्नुभएको छ ?

विगतमा मन्त्रीका रूपमा काम गर्दै गर्दा मैले यो समस्यालाई निकै नजिकबाट महत्वका साथ हेर्ने अवसर पाएँ । हामीले यससम्बन्धी काम निकै तीव्रतासाथ अघि बढाएका पनि हौँ । तर, नियमावली बनाउने, आयोग गठन गर्नेलगायत काम झन्झटिलो भएकाले केही ढिलो भयो । तैपनि, हामीले १४ लाखभन्दा बढी भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा पुगिसकेका थियौँ । तर, सरकार परिवर्तनसँगै पुरानो आयोग विघटन भयो र नयाँ आयोग बन्यो । जसले गर्दा अन्तिम चरणमा पुगिसकेको त्यो काम अलपत्र पर्‍यो

काठमाडौं महानगरले सुकुम्बासी तथा अव्यस्थित बसोबासीलाई बस्ती खाली गराउन सूचना गरेको छ । यसमा के भन्नुहुन्छ ?

नदी किनार या सार्वजनिक जमिनमा बस्नेजति सबै भूमिहीन सुकुम्बासी नै हुन् भन्न सकिन्न । तर, यसको पहिचान गर्ने निकाय स्थानीय तह होइन, भूमि आयोग हो । आयोगले भूमिहीनका रूपमा पहिचान गरेका जनतालाई बसोबास गर्ने ठाउँ दिनु राज्यको दायित्व हो । नदीकिनारको बसोबास जोखिमपूर्ण हुन्छ । त्यसैले, उहाँहरूलाई सुरक्षित स्थानमा बसोबास गराउनु जरुरी छ । तर, विकल्पविना जबर्जस्ती उठाएर लखेट्न मिल्दैन ।

भूमिहीन सुकुम्बासीका समस्या कसरी समाधान गर्न सकिएला ?

भूमिहीन सुकुम्बासीको दिगो र भरपर्दो व्यवस्थापनविना वैज्ञानिक भूमिसुधार सम्भव छैन । राज्यले वास्तविक भूमिहीन पहिचान गरी तिनलाई ओत लाग्ने ठाउँ दिन ढिलासुस्ती गर्नु हुँदैन । निश्चित मापदण्ड बनाएर समस्या समाधानमा लागिपर्ने हो भने समाधान सम्भव छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार