भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

राष्ट्रिय सभा बैठकमा प्रतिवेदन पेस

राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदन सभा समक्ष पेस गर्नुभएको हो ।

पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८र७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८र७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८र७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८र७९ छन् ।

मर्यादा विधेयक विधायन समितिमा

राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सांसद डा बेदुराम भुसालले‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत २१ गते मङ्गलबार १० बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार