वैशाख ११, २०८१ मंगलबार April 23, 2024

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्ड कपको फाईनलमा

तपुरसिमरा गोल्ड कपको फाईनल खेल शनिबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हिमालयन शेर्पा क्लब १३औं जीतपुरसिमरा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर-११ लाई ३-० गोल अन्तर पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो । हिमालयन शेर्पाको जितमा निशान लिम्बुले दुई गोल गरे भने सुशिल राईले एक गोल गरेका थिए ।

प्रतियोगितामा अब आज साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेडबीच दोश्रो सेमिफाइनल खेल हुने छ ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया