श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने

ट्रम्पले आत्मसमर्पण नगरे पक्राउ गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ ।

म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो ।

पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा ज्युरीले अनुसन्धान गरेको थियो । अभियोगबारे थप विवरण खुलिनसकेको बीबीसीले जनाएको छ ।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने अनुमान छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा उपस्थित हुने खबरमा उल्लेख छ । ट्रम्पले आत्मसमर्पण नगरे पक्राउ गरिनेछ । तर ट्रम्पले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्र भइरहेको दाबी गर्दै आउनुभएको छ ।

न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेस सदस्य डेन गोल्डम्यानले ट्रम्पले राजनीतिक क्षेत्रमा नभइ अदालतमा आफ्नो रक्षा गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । सामाजिक सञ्जालमा गोल्डम्यानले कानुनको शासनले यसको माग गर्ने उल्लेख गर्नुभएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार